Aamsanchar

भारतीय मोडल पूनम पाण्डेको निधन !

Author Image
शुक्रवार, माघ १९, २०८०

काठमाडौं – भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्। ३२ वर्षीया पाण्डे पाठेघरको मुखको क्यान्सरबाट पीडित रहेको आजतकले जनाएको छ।

पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा उनको निधन भएको जनाइएको छ।

उक्त पोष्टमा लेखिएको छ, ‘आजको बिहानी हाम्रा लागि कठिन छ। पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पूनमलाई गुमाउनु भएको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ। उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो। शोकको यस समयमा हामी गोपनियता कायम गर्न अनुरोध गर्दछौं र उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौं।’

पूनमका प्रबन्धक पारुल चावलाले दैनिक भास्कर टिमलाई पाण्डेको निधन भएको पुष्टि गरेका छन्। तर, उनका नजिकका अन्य व्यक्तिले भने यस विषयमा मौनता कायम राखेका छन्। यस सम्बन्धमा उनको परिवारले पनि आधिकारिक पुष्टि गरेको छैन।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भन्छन्– यो पब्लिसिटी स्टन्ट हो

उक्त पोस्टमा एक प्रयोगकर्ताले लेखे( पूनम, मैले तिमीलाई आज मात्र देखेँ, ठट्टा नगर। अर्का प्रयोगकर्ताले लेखे( के पूनमको एकाउन्ट ह्याक भएको छ रु अर्को प्रयोगकर्ताले लेखेका छन्– यो कसरी हुन सक्छ रु क्यान्सरबाट अचानक कसैको मृत्यु कसरी हुन्छ रु यो पब्लिसिटी स्टन्ट हो।

पाण्डर्का साथी नितिन मिरानी भन्छन्– उनको इन्स्टाग्राम ह्याक भएको देखिन्छ

पूनमका नजिकका साथी नितिन मिरानीले भारतिय समाचार संस्था दैनिक भास्करसँग कुरा गर्दै भनेका छन्, ‘मलाई यसबारे कुनै जानकारी छैन। बिहानैदेखि उहाँलाई सम्पर्क गर्ने प्रयास गरेँ तर उहाँसँग कुरा हुन सकेको छैन। उनको ड्राइभरसँग कुरा भयो, जसले हिजोसम्म म्याडम ठिक भएको बताए। उनी यहाँ सुटिङमा पनि व्यस्त थिइन्। बहिनीको फोन पनि स्वीच अफ छ। के भयो बुझ्न सकिन। उनको इन्स्टाग्राम ह्याक भएको देखिन्छ।‘

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर