Aamsanchar

फेवातालमा माछाका भुरा छोडियाे

Author Image
शुक्रवार, माघ १९, २०८०

काठमाडौँ – विश्व सिमसार दिवसको अवसर पारेर फेवातालमा माछाका भुरा छोडिएको छ।

शुक्रवार विश्व सिमसार दिवसको अवसरमा कास्कीको पोखारास्थित फेवातालमा माछाका भुरा छोेडिएको हो। पोखरा महानगरपालिका–६ को सहयोगमा भुरा छोडिएको ज्ञानबहादुर जलाहरीले बताए। उनले जलाहारीहरू समुदायका लागि आज धान रोपाइँको दिन भएको बताए। फेवातालमा यसरी भुरा नछोड्ने हो भने आफूहरूको कसौँडीमा खाना नपाक्ने बताए।

उनले वडानम्बर ६ बाट भुरा छोड्ने काम भएको र पहिलोपटक वडास्तरीय बजेट पाउँदा खुशी लागेको बताए।

उनले भने, ‘जलाहारीका लागि आज धान रोपाइँ हो। जलाहारी भनेको प्राचीन कालेदखि माछा मारेर जीविकोपार्जन गर्ने समुदाय हो। हामीले हातमुख जोड्ने भनेको यसबाटै मारेको माछा बजारमा बेची आएको रकमबाट गर्ने हो।’

पोखरा महानगरपालिका वडानम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले सिमसार दिवसको उपलक्ष्यमा वडानम्बर ६ ले पुस्तौँदेखि सोही पेशामा आबद्ध जलाहारी समुदायलार्ई लक्षित गरेर भुरा माछा छोडेको बताए। उनले फेवातालमा विभिन्न प्रजातिका भुरा माछा छोडेको र यसले फेवातालको सौन्दर्यसँगै जलाहरीको जीविकोपार्जनमा पनि सहयोग पुग्ने बताए।

अध्यक्ष भट्टराईले जलाहारी समुदायलाई लक्षित गरी ४ लाख बराबरको जाल पनि व्यवस्था गरेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर