Aamsanchar

दाङमा जीपले ठक्कर दिँदा मोटरसाइकल चालक ३२ बर्षिय युवककाे घटनास्थलमै मृ*त्यु

Author Image
शनिवार, माघ २०, २०८०

काठमाडौं – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका–५ सिसहनियामा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दाङको बिजौरी बस्ने वर्ष २७ का सुनिल चौधरीको मृत्यु भएको हो।

रोल्पाबाट घोराहीतर्फ जाँदै गरेको बा १८ च ८६१८ नम्बरको बोलेरो जीपले र लमहीबाट भालुबाङतर्फ जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकललाई गएराति ११ बजे ठक्कर दिएको हो।

मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले जानकारी दिए।

प्रहरीले ठक्कर दिने बोलेरोका चालकलाई नियन्त्रणमा लिएको डीएसपी मल्लले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)