Aamsanchar

माैसम पुर्वानुमान : भाेली र पर्सि बर्षाकाे सम्भावना

Author Image
शनिवार, माघ २०, २०८०

काठमाण्डौ – आज मौसम आंशिक बदली हुने र भोलिदेखि फेरि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भेगका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुुभयो । पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि पानी पर्ने सम्भावना रहेको र पर्सिदेखि यो प्रणालीको असर क्रमशः कम हुँदै जाने पनि उहाँले बताउनुुभयो ।

गएको बुधवार पश्चिमी वायुको प्रभावले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसँगै पहाडी भेगका केही ठाउँमा वर्षा र हिमपात भएको थियो । यसले हिउँदेबालीलाई राहत मिलेको छ । आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पानी पर्ने सम्भावना भने छैन । तराईमा पनि आज मौसम सफा रहेको र बाक्लो हुस्सु तथा कुहिरो नरहेको पनि महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर