Aamsanchar

अझै खुलेन खाँदबारी–किमाथाङ्का सडक

Author Image
आइतवार, माघ २१, २०८०

सङ्खुवासभा – सङ्खुवासभाको सदरमुकाम खाँदबारी—किमाथाङ्का सडकखण्ड अन्तर्गत उत्तरदक्षिण कोशी राजमार्ग अझै खुलेको छैन । हिजो बेलुका सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । मकालु गाउँपालिका–३ हेदाङ्नाको नयाँबस्तीमा सडक माथीबाट सुक्खा पहिरो खसेको थियो ।

पहिरो खसेपछि हिजो बेलुकादेखि उत्तरदक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तरदक्षिण सडक कार्यालयका प्रमुख सविन कोइरालाले बताउनुभयो । सडक अवरुद्ध भएपछि खाँदबारी र भोटखोलाको आवातजावात बन्द भएको छ । खाँदबारीबाट किमाथाङ्का, भोटखोला जाने र भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने गाडी र यात्रु समस्यामा परेका छन् ।

अवरुद्ध सडक खुलाउन प्रयास भैरहेको तर आज बिहानसम्म खुलिनसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी घनश्याम श्रेष्ठले बताउनुभयो । सडक स्तरोन्नतिको काम अरुणवरुण निर्माण सेवा र जेएण्ड डब्लु जेभीले गरिरहेको छ ।

हिजो सडक खन्दै गरेका बेला पहिरो खस्दा स्काभेटरका सहचालक घाइते भएका छन् । रामेछाप घर भएका २१ वर्षका सविन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी श्रेष्ठले जानकारी दिनुभयो । सामान्य घाइते केसीको जिल्ला अस्पताल खाँदबारीमा उपचारपछि डिस्चार्ज भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर