Aamsanchar

प्रेस चौतारी ताप्लेजुङद्वारा तीन जना पत्रकारलाई सम्मान

Author Image
आइतवार, माघ २१, २०८०

ताप्लेजुङ – प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा ताप्लेजुङ शाखाले जिल्लामा क्रियाशील तीन जना पत्रकारलाई आइतबार नगद पुरस्कारसहित सम्मान गरेको हो ।

पुरस्कृत हुनेमा नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई, पूर्वसचिव रविन भट्टराई र वर्तमान कार्यसमिति उपाध्यक्ष गङ्गा लिङ्खिम रहनुभएको छ । पूर्वअध्यक्ष भट्टराई नयाँपत्रिका दैनिकमा आबद्ध हुनुहुन्छ भने पूर्वसचिव भट्टराई अन्नपूर्ण पोष्ट दैनिक र लिङ्खिम स्थानीय रेडियो तमोरमा कार्यरत रहनुभएको छ ।

तीन जना पत्रकारलाई समान दश हजार एक सय पाँच रुपियाँ नगद पुरस्कारसहित सम्मान गरिएको प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष वसन्त पालुङ्वाले जानकारी दिनुभयो। उहाँहरुलाई नेकपा ९एमाले०का सचिव एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले दोसल्ला ओढाउनुका साथै सम्मानपत्र र नगद पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार, जयमती कर्णबहादुर पत्रकारिता पुरस्कार र अग्निप्रसाद भीमादेवी पत्रकारिता पुरस्कारबाट तीनजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पुरस्कृत पत्रकार तीनैजना प्रेस चौतारी नेपालसँग सम्बद्ध हुनुहुन्छ ।

सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा एमाले नेता भट्टराईसहित पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश सभाका सदस्य तिलकुमार मेन्याङ्बो, कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङको उपस्थिति थियो । यस्तै एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडासहितका जिल्ला नेतृत्व, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपालका प्रतिनिधि, विभिन्न सञ्चारमाध्यममा आबद्ध स्थानीय पत्रकार तथा सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर