Aamsanchar

बाह्रबिसे सबस्टेशनको निर्माण अन्तिम चरणमा

Author Image
आइतवार, माघ २१, २०८०

काठमाण्डौ – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेशन निर्माणको अन्तिम चरणका कामहरू धमाधम भइरहेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको बिजुली २२० केभी प्रसारण लाइनमार्फत यही सबस्टेशनमा जोडिने छ । आयोजनाले बाह्रबिसे नगरपालिका–३ र ४ को पलाँतीका स्थानीयवासीको अवरोधका कारण दुई किलोमिटर तार तान्न सकिरहेको छैन । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सबस्टेशन जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले हिजो सबस्टेशन निर्माणस्थलको अनुगमन गरेको छ ।

प्राधिकरणले मध्यभोटेशीको बिजुली प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर त्यसका लागि पनि २२०र१३२ केभी बाह्रबिसे सबस्टेशनको निर्माण अनिवार्य छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाण्डौ प्रसारण लाइन र सबस्टेशन निर्माण शुरु गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर