Aamsanchar

मेनुका पौडेल ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिइन

Author Image
सोमवार, माघ २२, २०८०

झापा  – नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।

उत्कृष्ट १० प्रतिस्पर्धीभित्र परेकी मेनुका हिजो आइतवारको एपिसोडमार्फत् बाहिरिएको घोषणा भएको हो ।

मेनुकाले हिजो सामाजिक सञ्जालमार्फत् आफू इन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिएको जानकारी दिँदै आउँदो दिनमा सङ्गीतलाई निरन्तरता दिने बताएकी छिन् । इण्डियन आइडलमा उत्कृष्ट प्रस्तुति दिएकी मेनुकाले भारतीय फिल्म ‘सालार’ मा गीत गाउने मौका पाएकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर