Aamsanchar

विद्यार्थीबीच ग्याङ फाइट, ८ जना पक्राउ

Author Image
सोमवार, माघ २२, २०८०

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–१ गोप्काका विद्यार्थीहरू बिच झडप भएको छ। पशुपति मावि गोप्काका विद्यार्थीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

कुट्ने र कुटाई खाने दुवै पक्षका ८ जना विद्यार्थी पक्राउ गरिएको र उनीहरूको साथबाट खुकुरी र नक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुददीप चन्दले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)