Aamsanchar

एक महिनापछि खुल्यो गरुडा नगरपालिकाको ताला

Author Image
मङ्गलवार, माघ २३, २०८०

रौतहट – गरुडा नगरपालिकाको ताला एक महिनापछि खुलेको छ। एक महिनाभन्दा बढी लागेको ताला सोमबार साँझ ७ बजे खुलेको हो ।

नगर उपप्रमुख पुनमदेवी चौधरीसहित ६ वडाध्यक्षले विभिन्न माग राख्दै एक महिनादेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरी मूलगेटमा धर्ना दिँदै आएका थिए।

नगरप्रमुख कन्थमनिप्रसाद जयसवालले आन्दोलनरत जनप्रतिनिधिको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछि नगर उपप्रमुख चौधरीसहित आन्दोलनकारी सहमतिमा आएका हुन्। लिखित सहमति भएपछि आन्दोलनरत जनप्रतिनिधिले आन्दोलनका कार्यक्रम फिर्ता लिँदै पालिका कार्यालयमा लगाएको ताल्चा खोलेको जनाएका छन्।

वार्ता सफल भएपछि गरुडा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षबीच रहेको विवाद अन्त्य भएको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर