Aamsanchar

कृषक सञ्जाल गठन गर्न शुरु भयाे खोटेहाङ गाउँपालिकामा

Author Image
मङ्गलवार, माघ २३, २०८०

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाले कृषक सञ्जाल गठन गर्न थालेको छ । गाउँपालिका, कृषि शाखा, वडा कार्यालय तथा किसानबीचमा पुलको काम गर्नेरगराउने उद्देश्यका साथ कृषक सञ्जाल गठन शुरु गरिएको हो ।

खोटेहाङ गाउँपालिका–४ बड्कादियालेबाट शुरु गरिएको सञ्जाल गठनको कार्यक्रम आउँदो फागुन ११ गते खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा पुगेर टुङ्गिने कृषि अधिकृत केशवकुमार झाले बताउनुभयो ।

नौ वटा वडा रहेको गाउँपालिकाको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक स्वीकृत कार्यक्रम एवं कृषक सञ्जाल कार्यान्वयन कार्यविधि २०८० अनुसार कृषि तथा पशु सेवा शाखामार्फत् कृषक सञ्जाल गठन गर्न थालिएको हो । सञ्जालमा आबद्ध भएका किसानलाई कृषि अभियान्ता नाम दिइएको छ । सञ्जालमा आबद्ध कृषि अभियान्तालाई गाउँपालिकाबाट परिचय–पत्र र सामान्य सेवा सुविधाको व्यवस्था हुने अधिकृत झाले जानकारी दिनुभयो ।

किसानको समस्या, गुनासो र आवाजलाई पालिकादेखि केन्द्रसम्म पुर्याउने र माथिल्लो निकायको योजना तथा कार्यक्रमलाई तल्लो तहमा पुर्याउने माध्यमको रुपमा कृषक सञ्जाल गठन शुरु गरिएको गाउँपालिकास्तरीय कृषि विकास समितिका सदस्य इन्द्र नारथुंगेले बताउनुभयो ।

सञ्जालले कृषि सम्बन्धी कार्यक्रमका बारेमा किसानलाई सूचना उपलब्ध गराउने तथा टोलमा भएका किसानको समस्या र मागलाई माथिल्लो निकायसम्म पुर्याउने भूमिका निर्वाह गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर