डोटी – बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ ले व्यापारीलाई डोको वितरण गरेको छ । प्लास्टिकको प्रयोगमा कमी ल्याउन वातावरण अनुकूलित बाँस र निगालोबाट बनेका डोकोलाई फोहोरमैला व्यवस्थापनका लागि ‘डस्टबिन’ का रूपमा प्रयोग गर्न व्यापारीलाई वितरण गरेको वडाले जनाएको छ ।
वडाका व्यापारीलाई ३० वटा डोको वितरण गरेको ‘क्लाइमेट’ परियोजनाका कृषि प्राविधिक शेरबहादुर साउँदले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण समुदाय विकास केन्द्र र यूएमएन डोटीको संयुक्त साझेदारीमा डोको वितरण गरिएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 59