Aamsanchar

मिटरब्याजी श्याम परदेशीले सम्पत्ति शुद्धीकरणको अभियोगमा पाए सफाइ

Author Image
मङ्गलवार, माघ २३, २०८०

काठमाडौं – मिटरब्याजी भनेर चिनिने सर्लाहीका श्याम परदेशी (श्यामकरण साह)ले सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ पाएका छन् ।

विशेष अदालतले उनीमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको अभियोग पुष्टि हुन नसक्ने ठहर सहित उनलाई सफाइ दिएको हो ।

उनीमाथि २० साउन २०७९ मा गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसहित पत्नी मञ्जु देवी, छोरी इला, ज्वाइँ रामबाबु प्रसादका नाममा मुद्दा चलाएको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीमाथिको आरोप स्थापित हुन नसक्ने ठहर गरेको हो ।

परदेशीमाथि सर्लाहीमा मात्रै करिब ३ सय परिवारलाई ऋण दिएको आरोप थियो । फर्जी कागजात बनाउने, ऋण फिर्ता गर्दा समेत तमसुक नच्यात्ने र नक्कली तमसुक च्यातेर सक्कली लुकाउने अनि पछि मुद्दा हाल्ने गरेको कारण धेरै नै स्थानीयबासिन्दा र ऋणीहरु उनीबाट पीडित भएको आरोप छ । उनीमाथि एक करोड ५३ लाख रुपैयाँ विगो माग दाबी थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर