Aamsanchar

एमाले अध्यक्ष ओलीद्वारा झापा इनर्जी परियोजनाको उद्घाटन (फोटो फिचर सहित)

Author Image
मङ्गलवार, माघ २३, २०८०

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशकै ठुलो परियोजना झापा इनर्जीको उद्घाटन गरेका छन् ।
आज झापाको सिवसताक्षी नगरपालिका–४ मा रहेको निजी क्षेत्रको १० मेगावाट उर्जा परियोजना स्थलको आज ओलीले उद्घाटन गरेका हुुन् ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले झापा इनर्जी सञ्चालकरूलाई धन्यवाद र बधाई दिएका छन् । ओलीले भने  ‘परियोजनाले आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने उदाहरण झापा इनर्जीले प्रस्तुत गरेको छ । यस्ता परियोजनाहरूले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन सहयोग पुग्ने छ ।’

ओलीले थप्दै भने ‘आज आम रुपमा युवाहरूमाझ जागिरे प्रवृद्धि विकास भएको देखिन्छ । हामीले जागिरे होइन उद्यमशीलताको प्रवृद्धि, आफै उद्यमी हुने, एकै जना सँग पुँजी नहुन सक्छ, झापा इनर्जी जस्तै साना साना पुँजी जम्मा गरेर ठूला परियोजना गर्न सकिने छ यस तर्फ युवाहरुको ध्यान जान जरुरी छ । ’

नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र– ४ बाट निर्वाचित सांसद एलपी साँवाले अगुवाइ गरेको परियोजनाको कुल लागत ८५ करोड रुपैयाँ रहेको छ । निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पुरा गर्न सहयोगी हुने बताइएको छ ।

२५ बिघा क्षेत्रफलमा फैलिएको वैकल्पिक उर्जा कम्पनी झापा इनर्जीले सुरु गरेको सोलार पावर प्रोजेक्ट उदाहरणीय र नमुना बनेको छ ।

ठूलो क्षेत्रमा लस्करै राखिएका सोलार प्यानलका कारण यस ठाउँको सौन्दर्य पनि बढेको छ । आसपासका गाउँघरबाट सोलार परियोजना हेर्न र तस्विर खिच्न मानिसहरूको भिडभाड लाग्ने गरेको छ ।
यो परियोजना निर्माणका लागि ७५ प्रतिशत रकम माछापुच्छ्रे बैंक र हिमालयन बैंकले लगानी गरेको छ । आयोजना स्थलबाट बोलो चोक स्थित सबस्टेसनसम्म ९ सय ६६ मिटर प्रसारण लाइन निर्माण गरिएको छ ।

सञ्चालक साँवाका अनुसार परियोजनाबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुन्छ । जसलाई १२ करोड ८५ लाख रुपैयाँमा बिक्री गर्न सकिन्छ । परियोजनाको खरिद बिक्री सम्झौता २५ वर्ष रहेको छ । परियोजनाको नमुना परीक्षण पनि भइसकेको छ ।

उर्जा पर्यटनको पनि अवधारण अनुसार सुरु भएको झापा इनर्जी परियोजना उद्घाटनमा विभिन्न जातजाति र विद्यालयका विद्यार्थीहरूले नृत्य तथा स्काउट परेड प्रर्दशनी गरेका थिए । उद्घाटन समारोहमा सर्वसाधारण तथा विद्यार्थी वर्गको उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रममा कलाकारहरू टङ्क बुढाथोकी, राजा राजेन्द्र पोखरेल, मनोज गजुरेलले प्रस्तुति दिएका थिए ।

झापा इनर्जी लिमिटेडका अध्यक्ष लालप्रसाद साँवा (एलपी) को अध्यक्षतामा आयोजित कार्यक्रममा सञ्चालक सदस्य पवित्रा महतरा प्रसाईँले स्वागत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन कम्पनीका सञ्चालक प्रबन्धक सुवास भट्टराईले गरेका थिए ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१