Aamsanchar

एक सातामै चाँदीको भाउ ११.४४ प्रतिशतले बढ्यो, सुनको कती ?

Author Image
बिहिवार, वैशाख ३१, २०८३

काठमाडौं- एक सातामै चाँदीको भाउ ११.४४ प्रतिशतले बढेको छ । पछिल्ला दिनमा लगातार मूल्य बढेको चाँदी बिहीबार प्रतितोला ५ हजार ७४५ रुपैयाँ पुगेको छ । गत बिहीबार चाँदी ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो समय चाँदीको अन्तर्राष्ट्रिय औद्योगिक माग बढेसँगै मूल्यमा प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अघिल्लो दिनको तुलनामा चाँदी तोलामा ३५ रुपैयाँ बढेको हो । अघिल्लो दिन ५ हजार ७१० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

त्यस्तै आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ एक सातामा १.३ प्रतिशत बढेको छ ।

Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर