![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/InShot_20240206_224319301.jpg)
काठमाडौं – नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास सुरू भएको छ। ‘Ex-Balance Nail’नाम दिइएको अभ्यासमा नेपाली सेनाका ३५ र अमेरिकी सेनाका १० जना सहभागी छन्। विसं २०६० सालदेखि सञ्चालन हुँदै आएको नेपाल र अमेरिकीबीचको सैन्य अभ्यासको यो ४१औं संस्करण हो।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित रहेर छाउनी र नगरकोट इलाकामा अभ्यास गरिने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ। उक्त सैन्य अभ्यास फागुन २४ गतेसम्म चल्नेछ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
नेपाली सेनाले अमेरिका, बेलायत, भारत, चीन, मंगोलिया, इन्डोनेसियालगायत देशहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनलगायतका विषयमा सैन्य अभ्यास गर्दै आएको छ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
त्यस्तै फागुन ८ गतेदेखि २१ गतेसम्म वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुने जंगी अड्डाले जनाएको छ।