Aamsanchar

बैखी जातका दुई हजार किलो माछा बरामद, दुई जना पक्राउ

Author Image
मङ्गलवार, माघ २३, २०८०

बुटवल – बुटवलमा अवैध रूपमा ल्याएको बैखी जातका माछा बरामद गरेको छ। मंगलबार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बुटवल उपमहानगरपालिका–५ हाटबजारबाट दुई हजार किलो माछा बरामद गरेको हो।

प्रहरीले लु २ च ३३२९ नम्बरको बलेरो गाडीभित्र लुकाई छिपाई अवस्थामा राखेको माछा बरामद गरेको हो। अवैध माछा ओसारपसार गर्ने कपिलवस्तु नगरपालिका-१ का २३ वर्षीय शिवकुमार यादव र बुद्धभूमि नगरपालिका-२ कपिलवस्तुका ३४ वर्षीय सजहार पखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर