मोरङ- मोरङको रंगेली नगरपालिका-७ स्थितबाट हरिणको सिंङ र लागुऔषध गाँजा सहित एक जना माहिला पक्राउ परेकि छिन् । मंगलबार दिउँसो बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६९७ ग्राम गाँजा वरामद गरेको हो । अवैधरुपमा हरिणको सिंङ र गाँजा वरामद भए संगै पक्राउ परेकी सागर देवी यादवको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 66