Aamsanchar

प्रतिबन्धित लागूऔषधसहित तीन जना प*क्राउ

Author Image
बुधवार, माघ २४, २०८०

प्रतिकात्मक तस्वीर ।

विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानहरूबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको मेचीनगर नगरपालिका-६ मा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका शिवसतासी नगरपालिका-५ का २३ वर्षीय शायद बोहोराको साथबाट ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो हो ।

यसै गरी लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले मोरङको विराटनगर-१५ बाट सुनसरी बराहक्षेत्र नगरपालिका-२ का २१ वर्षीय विजय दासलाई ४६ मिलिग्राम ब्राउन सुगर सहित र उदयपुरको प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी-३ का २४ वर्षीय राजेश परियारलाई प्रतिबन्धित औषधी १९ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर