Aamsanchar

हरिणको सिङ्ग र लागूऔषध गाँजासहित मोरङ की एक महिला पक्राउ

Author Image
बुधवार, माघ २४, २०८०

मोरङ। मोरङको रंगेली नगरपालिका–७ बाट हरिणको सिङ्ग र लागूऔषध गाँजा सहित एक जना माहिला पक्राउ परेकी छिन् । हिजो दिउँसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले रंगेली –७ निचामारी टोल बस्ने ५५ वर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिङ र १ किलो ६९७ ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।

अवैधरुपमा हरिणको सिङ्ग र गाँजा बरामद भए पछि पक्राउ परेकी सागर देवी यादवलाई इलाका प्रहरी कार्यालय रङ्गेलीबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर