Aamsanchar

प्रतिनिधिसभाबाट सम्पति शुद्धीकरणसम्बन्धी विधेयक पारित

Author Image
बुधवार, माघ २४, २०८०

काठमाडौं – सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधिसभाबाट पारित भएको छ ।

आजको प्रतिनिधिसभाको बैठकले विधेयक पारित गरेको हो । यो विधेयक संसद्को पहिलो अधिवेशनमा पेस भएको थियो । विधेयकमाथि प्रतिनिधिसभाको कानुन समितिमा दफाबार छलफल भएको थियो ।

समितिले गएको असोज २४ गते ९ बुँदे प्रतिवेदनसहित पारित गरेको थियो । असोज २५ गते प्रतिवेदसहित प्रतिनिधिसभामा पेस गरेको थियो । आजको बैठकले विधेयक पास गर्दै समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर