


अछाम – अछाममा आगलगाी हुँदा दुई जनाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका-३ ठाटीमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको हो।

बुधबार साँझ ५:३० बजे दुई छानामा आगलागी हुँदा ठाटीका १ बालक र १ बालिकाको मृत्यु भएको हो। आगोमा जलेर नन्द बुढाकी छोरी ६ वर्षीया निरुता बुढा र जगत बुढाका ३ वर्षीय छोरा अंकित बुढाको मृत्यु भएको छ।

छानोमा बालेको आगो केटाकेटीले खेलाउँदा पाखोमा सल्किएर आगलागी भएको स्थानीय लालबहादुर चदाराले जानकारी दिए।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 54