Aamsanchar

पाँच हजार ७ सय ४० किलो प्याज सहित पिकअप नियन्त्रणमा

Author Image
बुधवार, माघ २४, २०८०

वीरगञ्ज- पर्सा जिल्लाका विभिन्न नाका भएर पछिल्लो समयमा प्याजको तस्करी बढेको छ। भारतका सिमावर्ती सहरमा प्याजको मूल्य नेपालमा भन्दा धेरै सस्तो भएकाले पछिल्लो समयमा खुला सिमानाकाको फाइदा उठाउर्दै अवैध आयात बढेपछि प्रहरीले निगरानी बढाएको हो।

बुधबार मात्र सशस्त्र प्रहरीले पर्साको अलौ तथा ड्राइपोर्ट नाकाबाट अवैधरूपमा ल्याइएको पाँच हजार ७ सय ४० किलो प्याज लोड गरिएका प्रदेश २–०३ ००१ च –६२०३ र प्रदेश २–०३ ००१ च ५९३५ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार चलान गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठका अनुसार गस्ती टोलीले आकस्मिक चेकजाँच गर्ने क्रममा भन्सार गरेको कागजात नपाएपछि कर छली गरेको आशंका नियन्त्रणमा लिएर बुधबार बिहान भन्सार चलान गरेको हो।

बरामद गरिएको पाँच हजार ७४० किलोग्राम प्याज र २ वटा पिकअप गाडीको चार लाख २९ हजार ६ सय रुपियाँ मूल्यांकन गर्दै भन्सारमा दाखिला गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।

सिमावर्ती भारतीय सहर रक्सौलमा प्याज प्रतिकिलो ४० देखि ४५ रुपियाँ नेपालीमा करोबार भइरहेको छ भने वीरगञ्ज बजारमा प्याज प्रतिकिलो ६० देखि ७० रुपियाँ नेपालीमा करोबार भइरहेको छ। एक किलोमा नै २० देखि ३० रुपियाँ महङ्गो भएकाले तस्करी बढेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर