Aamsanchar

नेपाल शान्ति मिसनमा योगदान गर्ने पहिलो ठुलो मुलुक बन्यो

Author Image
बुधवार, माघ २४, २०८०

काठमाडौं – नेपाल राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै योगदान गर्ने पहिलो देश भएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको वरियता अनुसार विश्व शान्तिका लागि सुडान, लेबनान र कंगो लगायत द्वन्द्वग्रस्त १२ देशमा खटिँदै आएको नेपाली सेना तथा प्रहरी विश्वमा पहिलो देश भएको हो । सन् १९५८ देखि शान्ति मिसनमा नेपाली सेना खटिँदै आएको छ ।

अहिले पनि नेपाली सुरक्षा निकायका ६ हजार २ सय ४७ जना शान्ति मिसनमा तैनाथ छन् । जसमा नेपाली सेनाका ५ हजार ८ सय ८५ , सशस्त्र प्रहरी बलका २ सय २ र नेपाल प्रहरी बाट ४४ जना शान्ति मिसनमा छन् । यसअघि नेपाल शान्ति मिसनमा योगदान गर्ने दोस्रो ठुलो मुलुक थियो ।

यस वर्ष पहिलो देशमा पुग्नुले नेपाल शान्तिका लागि योगदान गर्न तयार रहेको सन्देश गएको सैनिक मुख्यालयले जनाएको छ । अहिलेसम्म शान्ति मिसनमा खटिएका ७३ जना नेपाली सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । यसअघि पहिलो नम्बरमा रहेको बंगलादेश दोस्रो स्थामा झरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर