Aamsanchar

ताप्लेजुङमा ससुराली घर बस्दै आएका एक जना मृत फेला

Author Image
बिहिवार, माघ २५, २०८०

ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । पाँचथर याङ्वरक गाउँपालिका–२ थर्पु घर भई हाल सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित ससुराली घर बस्दै आएको ३३ वर्षीय हरि खड्का बिहीबार बिहान मृत फेला पर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कलमकुमार लुङ्गेलीका अनुसार खड्का स्थानीय महभीरमा मृत अवस्थामा भेटिनुभएको हो । निबुखोला नजिक महभीरको फेदीमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार स्थानीयले फेला पारेको शव खड्काको रहेको पुष्टि भएको हो ।

बुधबार मध्याह्नतिर सोही गाउँपालिका–१ सिनाम, मावलीघर जान्छु भनी खड्का घरबाट निस्कनुभएको थियो । मावली घर नपुगेको र अबेरसम्म घर पनि नफर्किएपछि उहाँको खोजतलास हुँदै आएको प्रहरीले जनाएको छ । यता घटनाबारे खबर भएपछि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटनास्थल गएको छ । घटनाका सम्बन्धमा अनुसन्धान प्रक्रिया सुरु भएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर