Aamsanchar

निर्माण सुरु भएको ७ वर्षपछि धनकुटाको महाभारतमा खानेपानी

Author Image
शुक्रवार, माघ २६, २०८०

धनकुटा – निर्माण सुरु भएको झण्डै ७ वर्षपछि साँगुरीगढी गाउँपालिका-७ माखावा लिफ्टिङ खानेपानी योजनाका सफल परीक्षण गरिएको छ। बिहीबार माखावा खोलादेखि १३ सय ८९ मिटरको उचाइमा रहेको पोखरी डाँडामा लिफ्टिङ प्रविधिबाट पानी झारिएको थियो।

माखावा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव ओमप्रकाश राईका अनुसार खोलाबाट संकलन गरिएको पानीलाई दुई स्थानवाट लिफ्ट गरिएको छ। खोलादेखि ६ सय ३९ मिटर उचाइमा रहेको एप्मालामा रहेको करिब ५० हजार लिटर क्षमतामा ट्यांकीमा पानी झारिएको छ।

त्यहाँदेखि ५ सय ५० मिटर उचाइमा रहेको पोखरी डाँडाको करिब ५० हजार लिटर ट्यांकीमा झारिएको उनले बताए। योजनाका साविक महाभारत गाउँ विकास समितिका वडा नम्बर १, २, ३ र ४ वडाका २ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष धर्मध्वज राईले बताए।

 

खानेपानी योजनाले गोलखाडी, होङ्गकुटोल, लेक सिरान, खोंकीजाली, खाक्चीराङ, डढुवा, छिनामचोक, वैंका, गैरीटोल, खोलिम्फू, आसकोट गरी ११ वटा टोल समेटिनेछन्। खानेपानी अभावकै कारण बसाई सर्नुपर्ने अवस्थासमेत आएको थियो। अब त्यो समस्या हट्ने विश्वास लिइएको उनले बताए।

पोखरीडाँडामा संकलन गरिएको पानीलाई ६ स्थानमा ट्याङ्‍की निर्माण गरी वितरण गरिनेछ। उपभोक्ताको घरसम्म पाइप बिछ्याउने काम सुरु गरिने बताइएको छ। साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख मण्डल, माखावा खानेपानी योजनाका अध्यक्ष, पदाधिकारी, जनप्रतिनिधि तथा उपभोक्ताहरूको एक टोलीले स्थलगत निरीक्षण गरेका थिए।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले निर्माण सुरु भएको लामो समय बित्दा पनि खानेपानी योजना सम्पन्न नहुँदा यहाँका स्थानीय बासिन्दा निराश भएको बताए। यहाँ विविध समस्या रैछ। गाउँपालिकाको स्काइभेटरको सहयोगमा गोलखाडीदेखि खानेपानीको मुहानसम्म करिब डेढ किलोमिटर सडक सरसफाइ तथा ट्याक खोल्ने काम गरिएको थियो। उनका अनुसार गाउँपालिकाकै सवारी साधनबाट ट्रान्समिटर र पाइप ल्याइएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर