मेचीनगर । श्री पशुपति माध्यमिक विद्यालय मेचीनगर ४ पूर्व विद्यार्थी समाजले विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गरेको छ ।
विद्यालयका पूर्व प्रधानाध्यापक स्व. टेक बहादुर बरालको १२ औं स्मृति दिवसमा पूर्व विद्यार्थी समाजद्वारा स्मृति सभा र खेलकुद सामग्री वितरण गरेको हो।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
वि.स. २०६८ साल माघ २५ गते तत्कालीन प्रधानाध्यापक टेकबहादुर बरालको सवारी दुर्घटनामा परी ज्यान गएको थियो। स्वर्गीय बरालको स्मृतिमा प्रत्येक वर्ष पूर्व विद्यार्थी समाजले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
स्मृति दिवस कै अवसरमा स्व टेक बहादुर बरालको परिवारद्वारा स्थापित स्व। लालबहादुररकर्णमायारटेकबहादुर बराल स्मृति अक्षयकोषबाट एसईई मा उत्कृष्ट अङ्क ल्याउने छात्रा रेखा सार्की र छात्र मनिस धिमाललाई नग ५(५ हजार सहित सम्मान गरिएको थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
विद्यालयका संस्थापक परिवार, संस्थापक विद्यार्थीहरू कर्णखर चम्लागाईँ, भद्रकुमारी सुवेदी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपेन थापा, शिक्षक अभिभावक संघका अध्यक्ष युवराज गिरी, पूर्व शिक्षकहरू गणेश थापा, कृष्णचन्द्र नेपाल, धर्मानन्द निरौला र पूर्व विद्यार्थी समाजका पदाधिकारी सदस्यहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव समीर राईले गरेका थिए ।