Aamsanchar

फोटोपत्रकार वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन 

Author Image
शनिवार, माघ २७, २०८०

काठमाडौं । गोरखा घर भइ काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवेशनले पत्रकार प्रदिपराज वन्तको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् ।
यस्तै सुदीप कैनी, लिलाधर कोइराला, राधा रोकाहा, उत्सव बिक तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन् । आजको अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिनुभयो ।

नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले बरिष्ठ पत्रकारहरू रामजी दाहाल, खिलाबहादुर भण्डारी तथा सुशील अर्याललाई पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
यस्तै आजको बैठकले गोर्खाली पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गम्भिर रुपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रहरूको उजागर गर्नको लागि मद्दत गर्ने निर्णय पनि गरेको छ ।

यसअघि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बरिष्ठ पत्रकार दाहालले एकताबद्ध  भएर काम गर्न सके संस्थाले गोर्खाका पत्रकारहरूको लागि धेरै योगदान पुर्‍याउन सक्ने धारणा राख्नुभयो । यस्तै उहाँले अबको समय पत्रकारिताको मात्रै नभएर खोज पत्रकारिताको भएको भन्दै अध्ययनशील बन्न पत्रकारहरूलाई सुझाब दिनुभयो ।

अर्का बरिष्ठ पत्रकार सुशील अर्यालले गोर्खाली पत्रकारहरूले गोरखाका ऐतिहासिक, सांस्कृतिक पहिचान स्थापित हुने खालका समाचारहरू खोज्ने तथा खेल्नुपर्नेमा जोड दिनुभयो ।
गोरखाका अग्रज पत्रकारहरू बद्री पोखरेल, भरत ढकाल, विवेक रेग्मी, अमृत दाहाल लगायतले गोरखाको समग्र विकास र गोरखाका पत्रकारहरूको क्षमता अभिवृद्धिमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष  वन्तले गोरखामा रहेका तथा काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका सबै पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नमा आफूले सक्दो कोशिश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले कुनै पनि दल तथा वैचारिक विचारधारामा विभाजित नभइ गोरखा र गोरखाको पत्रकारिताको विकासका खातिर जुटेर लागिरहने बचन दिँदै एक भएर अघि बढ्न सबैलाई आह्वान समेत गर्नुभयो ।
गोरखा पत्रकार समाज गोरखाबाट काठमाडौं आएर बिभिन्न सञ्चार माध्यममा आबद्ध भइ पत्रकारिता गरिरहेकाहरूको संस्था हो । संस्था २०७७ सालमा दर्ता भएर क्रियाशील रुपमा अघि बढिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर