Aamsanchar

दाङमा नेपाल टेलिकमका थप पाँचवटा बिटीएस टावर सञ्चालनमा

Author Image
आइतवार, माघ २८, २०८०

दाङ – दाङमा नेपाल टेलिकमका थप पाँचवटा बिटीएस टावर सञ्चालनमा आएका छन् । चालु आर्थिक वर्षमा घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती टावर सञ्चालनमा आएका हुन् ।

बिटीएस मोबाइल नेटवर्कसम्बन्धी उपकरण हो । यसअघि ती ठाउँमा टेलिकमको टावर नहुँदा सञ्चारमा समस्या थियो । तर अहिले टावर निर्माणपछि सहज भएको छ । अरु केही ठाउँमा पनि तत्काल टेलिकमका टावर सञ्चालनमा ल्याउने तयारी रहेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले बताउनुभयो ।

दाङमा अहिलेसम्म एक सय तीनवटा बिटीएस टावर सञ्चालनमा छन् । टुजी, थ्रीजी र फोरजीका टावर सञ्चालनमा रहेका हुन् । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ, राजपुरको बेलामा केही समयमै टावर सञ्चालनमा ल्याउने गरी तयारी भैरहेको उहाँको भनाइ छ ।

त्यस्तै गढवा गाउँपालिका–२, गढवा–६ खबरे, दङ्गीशरणको फुक्रेसल्ली, बबई कुमालगाउँ, बबईको मलै, कोइलाबासको भौवानाका, गुरुङगाउँमा टावर निर्माणका लागि जग्गा सम्झौता भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर