Aamsanchar

फागुन १ गते कुनै पनि सार्वजनिक बिदा नभएको मन्त्रालयकाे स्पष्टाेक्ती

Author Image
सोमवार, माघ २९, २०८०

काठमाडौं – गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि फागुन १ गते कुनै पनि सार्वजनिक बिदा नभएको स्पष्ट पारेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यसअघि सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो।

‘‘ २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍ले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिने गरी क्यालेण्डर नै तयार गरेको थियो। तर यता सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरिदिएको थियो। अदालतको उक्त आदेशसँगै भोलि फागुन १ गतेका लागि यसअघि क्यालेण्डरमा तोकिएको जनयुद्ध दिवसको बिदा पनि नहुने भएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर