Aamsanchar

झापामा अन्तर पालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता हुने 

Author Image
सोमवार, माघ २९, २०८०


शिवसताक्षी झापामा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
आगामी फागुन चार गतेदेखि ११ गतेसम्म शिवसताक्षी नगरपालिका झिलझिलेमा अन्तर पालिका स्तरीय कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा झापाको १५ पालिकाले समावेश जनाउने छन् । प्रतियोगिताको विजेता टिमले नगद ७० हजार र उपविजेता टिमले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । खेल व्यवस्थित र मर्यादित हुने शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले बताए । झापाका सबै पालिकाहरूका कर्मचारीहरूलाई खेलमा प्रोत्साहन गर्दै उनीहरूको स्वास्थ्य  र तनाव रहित तवरले कार्य सम्पादन गर्न अपेक्षा गरिएको उनले बताए ।

प्रतियोगिताको सुरुवाती खेल १२ बजेबाट सुरु हुने र फागुन ५ गतेदेखि ११ बजेबाट खेल सुरु हुने शिवतसाक्षी नगरपालिकाले जनाएको छ ।  दिनमा तीन वटा खेल सञ्चालन हुने छन् ।
गएको वर्ष बिर्तामोड नगरपालिकाले आयोजना गरेको अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले  उचालेको थियो । उपाधि उचालेसँगै २०८० मा को प्रतियोगितामा शिवसताक्षी नगरपालिका आयोजना बनेको हो । प्रतियोगिता झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन हुने छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर