Aamsanchar

झापा: बालकको ह*त्या गरेको आरोपमा एकजना प*क्राउ

Author Image
मङ्गलवार, फागुन १, २०८०

झापा । ८ महिनाको बालकको हत्या गरेको अभियोगमा दमक नगरपालिका–३ बेलडाँगी भुटानी शिविर सेक्टर बि ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चबिर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।

उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा ८ महिनाको एरित ओलीलाई घिसिङले पछारेको र तत्काल बेहोश भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर