Aamsanchar

कानुन अनुसार विवाह गर्ने उमेर ७ वर्ष बाकी हुँदै अर्जुनधारामा एक किशोरी आमा बनिन्

Author Image
मङ्गलवार, फागुन १, २०८०

खुदुनाबारी । अर्जुनधारा –३ स्थित अमलडाँगी निवासी ज्योति दर्जी १३ वर्षकी भइन् । उनको यसै वर्ष मात्र लभ परेर भागेर विवाह भएको बताउँछिन् । गएराति मात्र उनले छोरीलाई जन्म दिएकी छन् । प्रत्सव पीडा भएपछि उनी गएराति १०ः१४ मा खुदुनाबारी स्वास्थ्य चौकी भर्ना भएकी थिइन् । २०६६ साल चैत्रमा जन्मे की ज्योतिले २ केजी २ सय ग्रामको छोरीलाई जन्म दिएको स्वास्थ्य चौकी खुदुनाबारीका प्रमुख डम्बर बल्लभ मिश्रले जानकारी दिनुभयो । बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएकाले डिस्चार्ज समेत गरिसकेको मिश्रले बताउनुभयो ।

ज्योतिका श्रीमान १८ वर्षीया किशल लाम्गादे भने स्थानीय न्यु होप इङ्गलिस  बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा ८ मा यस अघि अध्ययन गर्दै आएको र अहिले क्रसर उद्योगमा काम गर्दै आएको बताइएको छ । ज्योति सहित खुदुनाबारी स्वास्थ्य चौकीमा यसै आर्थिक वर्षमा मात्र १६ जनाले बच्चा जन्माएको प्रमुख मिश्रले जानकारी दिए ।

कानुनले बाल विवाहलाई बर्जित गरेपनि अज्ञानका कारण नेपालमा बाल विवाह रोकिएको छैन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर