Aamsanchar

आज मुलुकभर आंशिक देखि सामान्य बदली हुने

Author Image
बुधवार, फागुन २, २०८०

काठमाडौ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मुलुकभर आंशिक देखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बदली हुने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना छ ।

आज राती उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । पछिल्लो समय मुलुकका अधिकांस स्थानमा तापक्रम बढ्दै गएको छ । काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २२ दशमलव ७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर