Aamsanchar

देशका धेरैजसो ठाउँकाे मौसम बदली, बेलुकासम्ममा वर्षाको सम्भावना

Author Image
बुधवार, फागुन २, २०८०

काठमाण्डौ – देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ । मौसमविद्हरुले आज हल्का पानी पर्ने बताए पनि अहिलेसम्म कतै पनि पानी परेको छैन । तर बेलुकासम्ममा कोशी, मधेश, बाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशका एक, दुई ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।

त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तराई मधेशका धनगढी, सिमरा तथा विराटनगरमा हुस्सु बिहानैदेखि लागिरहेको छ । आज रातिदेखि पश्चिम नेपालको मौसममा सुधार हुने तथा बाग्मती, कोशी र मधेश प्रदेशमा भने भोलि बिहानदेखि मौसम खुल्ने पनि मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर