Aamsanchar

मोरावाङबाट भरुवा बन्दुक ४ थान बरामद

Author Image
बुधवार, फागुन २, २०८०

रुकुम –रुकुम पूर्वको भुमे गाउँपालिका–३ मोरावाङ जङ्गलस्थित ओडारबाट भरुवा बन्दुक ४ थान बरामद गरिएको छ । मंगलबार दिउँसो प्रहरीले बरामद मात्रामा बन्दुक बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय काक्रीबाट खटिएको प्रहरीले पातले छोपेर राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर