Aamsanchar

‘बोक्सीको घर’ फष्ट लुक्समा यस्तो देखियो

Author Image
बुधवार, फागुन २, २०८०

काठमाडौँ – अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ को फस्ट लुक्स पोस्टर रिलिज गरिएको छ । केकीले प्रेम दिवसको अवसर फिल्मको पोष्टर सार्वजनिक गरेकी हुन् ।

फिल्मप्रति दर्शकको प्रेम अटुट रहने अपेक्षासहित निर्माण युनिटले आज फस्ट लुक सार्वजनिक गरेको हो । फिल्मको रिलिज मिति वैशाख १४ तोकिएको छ ।

सार्वजनिक पोस्टर पूर्ण रुपमा नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टरमा फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मक रूपमा डिजाइन गरिएको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो । फिल्मका निर्माता केकीका बाबु बद्री अधिकारी र कार्यकारी निर्माता राज घिमिरे हुन् ।

फिल्ममा केकीका अलवा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । शिवराम श्रेष्ठको छायाङ्कन, लोकेश बज्राचार्यले सम्पादन रहेको फिल्म टिफल्क फिल्मसले गर्दैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर