Aamsanchar

जुनकीरीमा सरस्वती मन्दिर उद्घाटन एवम् हस्तान्तरण

Author Image
बुधवार, फागुन २, २०८०

झापा – बसन्तपन्चमी एवम् सरस्वती पुजाको अवसर पारि एक समारोह बिच जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ मा धार्मिक बिधी अनुसार सरस्वती मन्दिर समुदघाटन एवम् हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

महेश्वरी महिला मन्च मेचीको आर्थिक सहयोगमा मन्दिर निर्माण गरिएको हो भने स्वर्गीय आमा शुभद्रा सुजिको स्मृतिमा छोरीहरु कमला र गोमा परियारले सरस्वती मुर्ति प्रदान गरेका हुन ।
बसन्तपन्चमीको शुभ अवसरमा बिद्याकि देबि सरस्वती माताको मन्दिर स्थापना गरिदिएर मसिना बालबालिका एवम् विद्यार्थी प्रति शिक्षा प्रती सदैव आस्था जगाउने सराहनीय सहयोग गर्नु हुने मन्दिर निर्माण सस्था महेश्वरी महिला मन्च मेचिकि अध्यक्ष रिता चित्लङ्गिया लगायत सम्पुर्ण समिति र मुर्ति दाता कलला तथा गोमा परियार प्रती प्रमुख अतिथि बिद्यालय सस्थापक एवम् प्रतिनिधि सभा उपसभामुख माननीय इन्दिरा रानाले सधन्यवाद व्यक्त गर्नु भएको थियो ।

महेश्वरी महिला मन्च मेचिले दुई बर्षदेखि लगातार बालगृह तथा बिद्यालयलाइ खाद्यान्न,स्कुल सुइटर जुत्ता,स्टेसनरी लगायत सहयोग गर्दै आएको र बिद्यालयको न्युनतम आवश्यकतालाई पूरा गरि नमूना बिद्यालय बनाउने उदेश्य अनुरुप मन्दिर र मुर्ति एक लाख बराबर लागतमा बिद्यालयमा सरस्वती मन्दिर निर्माण गरिएको प्रधानाध्यापक रन्जित परियारले बताए ।
कार्यक्रममा अतिथि वडा अध्यक्ष खगेन्द्र इङ्गनाम,शिक्षासेबि हस्त परियार,बन्दी सहायता नेपाल झापा शाखा उपाध्यक्ष अर्जुन थेबे,महेश्वरी समाज मेचिका महेश चित्लयाङ्गिया,महारानीगन्ज मा बि का प्रधानाध्यापक मनबहादुर लिम्बु,जनप्रतिनिधि सुसिला गिरि समाजसेवी कृष्ण गिरि, स्वच्छ समाजका लागि सामाजिक अभियानका सचीव अभिचन्द्र बास्कोटा,शिअस अध्यक्ष तिर्थबहादुर राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् सस्थापक जगत बहादुर मगरको अध्यक्षतामा संचालित कार्यक्रममा मन्चकी सचिब सुधा तोसनिवालले सरस्वती बन्दना बाचन गर्नु भएको थियो भने कार्यक्रममा स्वागत बिद्यालयकि शिक्षक गिता खरेलले गर्नु भएको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर