Aamsanchar

कपिलवस्तु बस दुर्घटना : ज्यान गुमाउने १० जनाकै सनाखत

Author Image
बिहिवार, फागुन ३, २०८०

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ।

दुर्घटनामा रौतहट औराही– ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी,सल्यान घर भई कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमानको मृत्यु भएको हो। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त–१६ का वर्षीया सञ्जु थापाको पनि मृत्यु भएको हो।

यस्तै भीमदत्त नगरपालिकाकी खगेश्वरी खाती, वडा नम्बर २ का सुदीप भट्ट र पुनर्वास नगरपालिका ९ बिसफाटाकी विमलादेवी भट्टको ज्यान गएको छ। कञ्चनपुरकै पुनर्वास नगरपालिकाका किसन भट्टको पनि मृत्यु भएको हो।

सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प– प्र–०२९००१ ख ००९८ नम्बरको बस गएराति १ बजे बाटोबाट २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका ३० जनामध्ये ९ जनाको बुटवलमा उपचार भइरहेको छ। सञ्जीवनी र आधारभूत अस्पतालमा अन्यको उपचार भइरहेको कपिलवस्तुका प्रहरी नायबउपरीक्षक हरि वलीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 120

प्रतिक्रिया (०)