Aamsanchar

झापा : साङ्गीतिक र पत्रकारिता क्षेत्रका ४ जनालाई बिहानीकाे सम्मान

Author Image
बिहिवार, फागुन ३, २०८०

दमक- झापाको दमकस्थित बिहानी कला केन्द्रले साङ्गीतिक र पत्रकारिता क्षेत्रका ४ जनालाई सम्मान गरेको छ । केन्द्रले वरिष्ठ गायक तथा सङ्गीतकार विशाल राई र सङ्गीत साधक यशोदा शाक्यलाई साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान गरेको जनाउँदै केन्द्रले सम्मान गरेको हो ।

बुधबार साँझ सरस्वती वन्दना साङ्गीतिक कार्यक्रम आयोजना गरेर कलाकार र पत्रकारलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लोकगायक एलपी जोशीले साङ्गीतिक क्षेत्रमा लामो समयदेखि क्रियाशील राई र शाक्यलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

यसैगरी, झापा दमकमा क्रियाशील पत्रकार विष्णु पौड्याल र सुदीपराज अधिकारी पनि सम्मानित हुनुभएको छ । कला केन्द्रका सञ्चालक तथा सङ्गीत प्रशिक्षक कमला खनालका अनुसार मोफसलमा रहेर काम गर्ने कलाकारहरु उपेक्षित हुने गरेको र वर्षेनी यस प्रकारको कार्यक्रम गर्दै आएको बताउनुभयो ।

वरिष्ठ सङ्गीतकार राईले पूर्वी नेपालमा कला सङ्गीतका क्षेत्रमा बिहानी कला केन्द्रले सङ्गीत क्षेत्रमा दिएको योगदान प्रशंसायोग्य रहेको बताउनुहुँदै सर्जकहरुलाई निम्त्याउने र गीतसङ्गीरतको विषयमा छलफल गर्ने कार्य निरन्तर गर्दै आएको जानकारी दिनुभयो । समाज परिवर्तनमा गीतसङ्गीतको महत्त्व अहिले पनि कम नरहेको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पुराना लोकगायक जोशीले मोफसलमा रहेर सङ्गीत र कलाकारिताको क्षेत्रमा काम गर्नु धेरै नै चुनौतीपूर्ण भएको बताउनुभयो । उहाँले आफू पनि सधैँ झापामा नै रहेर यस क्षेत्रलाई अघि बढाएको जनाउँदै निराश नभई काम गर्नुपर्ने सुझाव दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर