Aamsanchar

फरक-फरक मुद्दाका चार आरोपित पक्राउ

Author Image
बिहिवार, फागुन ३, २०८०

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले फरक-फरक मुद्दाका चार आरोपितलाई पक्राउ गरेको छ । होटलमा यौनजन्य क्रियाकलाप गराएको आरोपमा त्रियुगा नगरपालिका १३ का ४५ वर्षीय दशरथ चौधरी पक्राउ परेका हुन्।

आफैले सञ्चालन गरेको मनीषा होटलमा महिलालाई विभिन्न प्रलोभनमा पारी यौनजन्य क्रियाकलाप गराउने गरेको विशेष सूचनाको आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीलाई मानवबेचबिखन मुद्दामा पाँच दिनको म्याद थपगरी अनुसन्धान सुरू गरिएको उदयपुरका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए।

त्यसैगरी विभिन्न संघसंस्था तथा सरकारी कार्यालयमा चन्दा माग्दै हिँडेको आरोपमा प्युठानको मान्डकी गाउँपालिका १ त्रिमका ५० वर्षीय बसन्तराज अधिकारी र नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ बस्ने ४९ वर्षीय हरिहर बस्ताकोटी पक्राउ परेका छन् ।

 

चन्दा माग्दा नदिएपछि धम्कीपूर्ण व्यवहार गर्ने गरेको विशेष सूचनाका आधारमा उनीहरूलाई त्रियुगा नगरपालिका १० बाट पक्राउ गरिएको हो । उनीहरुलाई अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत बिहीबार जिल्ला अदालतबाट वन मुद्दामा २० दिन कैद र २३ हजार ६ सय जरिवाना तोकिएका त्रियुगा नगरपालिका १२ सोनापुरका ४० वर्षिय कुशेश्वर चौधरीलाई पक्राउ गरिएको सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमार्फत् कारागार चलान गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर