Aamsanchar

मोनोरेल सञ्चालनका लागि नेपाल र दक्षिण कोरियाविच सम्झौता

Author Image
बिहिवार, फागुन ३, २०८०

काठमाण्डौ – नेपालमा मोनोरेल सञ्चालनका लागि दक्षिण कोरियासँग सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक सङ्गीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाका लागि समानको उत्पादन, बजार व्यवस्थापन र मर्मतसम्बन्धी कामहरू गर्ने उल्लेख छ । कोरियाको राजधानी सउलमा सम्पन्न ुस्पोर्ट्स ग्लोबर टुरिजम २०२४ु गोष्ठीमा नेपाल मोनोरेलसहित सात वटा सम्झौता भएका छन् । कोरियाको नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउन्डेशन, हान्याङ विश्वविद्यालय र एमआईटी फाउन्डेशनले संयुक्तरूपमा गोष्ठी आयोजना गरेका थिए ।

त्यसैगरी सामाजिक कल्याण, संस्कृति आदानप्रदान र पर्यटन प्रवर्द्धन तथा विकासका लागि कोरियाको दुगेदर कोरिया लभ एन्ड होप स्वयंसेवी समूह र ग्लोबन एनआरएनए फाउन्डेशनबीच सम्झौता भएको छ ।

यस्तै अन्तर्राष्ट्रियस्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासका लागि आर्थिक, भौतिक र नैतिक सहयोग र सहकार्यका लागि सम्झौता भएको छ । टेबल टेनिस खेलका लागि शैक्षिक र प्रविधि विकासको अनुसन्धानका लागि पनि सम्झौता भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर