Aamsanchar

मैनालीको नेतृत्वमा स्वतन्त्र व्यावसायीक प्यानलको उम्मेदवारी घोषणा

Author Image
बिहिवार, फागुन ३, २०८०

बिर्तामोड –फागुन १४ गते हुन गइरहेको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यावसायीक प्यानलले उम्मेदवारी घोषणा गरेको छ । आज बिर्तामोडस्थित अतिथी सदनमा अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी घोषणा गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उम्मेदवारहरु घोषणा गरेका हुन् । स्वतन्त्र व्यावसायीक प्यानलबाट अध्यक्षमा अर्जुन कुमार मैनाली, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्ष ओमप्रकाश श्रेष्ठ, वाणिज्य उपाध्यक्ष गंगा मैनाली, जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, महासचिव कृष्ण पौडेल, उद्योग सचिव विसम लिम्बु, वाणिज्य सचिव कृष्ण चापागाईं, कोषाध्यक्ष युवराज निरौला र सह–कोषाध्यक्षमा निशा कर्णको नाम घोषणा गरिएको छ ।

खुल्ला सदस्यहरुमा शत्रुधन प्रसाद गुप्ता, केदार खनाल, शोतलाल राजबंशी, कृष्ण बजगाई , राकेश कुमार सिंह, चन्द्रा भट्टराई, अमिर खान, महिला सदस्यहरु सुष्मा उप्रेती (सुवेदी) र रिता चौधरी अग्रवाल रहेका छन् । स्वतन्त्र उम्मेदवारहरुलाई पाँच दलले समर्थन जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)