Aamsanchar

प्राध्यापक डाक्टर ऋतुप्रसाद गडतौलाको निधन

Author Image
शुक्रवार, फागुन ४, २०८०

काठमाडौं – समाज कल्याण परिषदका पूर्व सदस्य सचिव तथा नेपालको जनस्वास्थ्य विषयमा पायोनियर प्राध्यापक डाक्टर ऋतुप्रसाद गडतौलाको निधन भएको छ।

उनको गएराति उपचारका क्रममा ७२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो। उनका छोरा क्षितिज गडतौलाकाअनुसार उनलाई स्ट्रोक भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।

नेपालमा मेडिकल एन्थ्रोपोलोजीको पहिलो पिएचडी डाक्टर गडतौलाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा ३२ वर्षसम्म अध्यापन गराएका थिए। उनले आईओएममा बीपीएच, एमपीएचको शिक्षक भएर अध्यापन गराएको उनका विद्यार्थीसमेत रहेका स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए।

डाक्टर गड्तौडा केही वर्षअघि त्रिविको प्राध्यापकबाट रिटायर्ड भएका थिए। उनी जनस्वास्थ्य पढाउने पहिलो पायोनियर शिक्षक रहेको भन्दै श्रेष्ठले भने ‘उहाँ मेडिकल सोसोलोजी अध्यापन गराउने एक्लो प्राध्यापक हुनुहुन्थ्यो।’

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर