Aamsanchar

बझाङको थलारा केन्द्रबिन्दु भएर भूकम्प

Author Image
शुक्रवार, फागुन ४, २०८०

काठमाडौँ – बझाङको थलारा गाउँपालिकास्थित परकाट्ने केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रवबिन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर