Aamsanchar

६ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा वितरण

Author Image
शुक्रवार, फागुन ४, २०८०

मकवानपुर – वाग्मती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा वितरण गरिएको जनाएको छ ।

केन्द्रले मधेस प्रदेशको सर्लाही, बारा, पर्सा, रौतहट र वाग्मती प्रदेशको काभ्रेपलाञ्चोक, ललितपुर, चितवन, मकवानपुर र धादिङका ३० हजारभन्दा बढी किसानलाई सुपथ मूल्यमा भुराहरु उपलब्ध गराएको केन्द्रका सूचना अधिकारी लराम आचार्यले जानकारी दिए ।

उक्त केन्द्रमा हाल ४२ वटा पोखरीमध्ये ३३ वटामा माछापालन भइरहेको केन्द्रका प्रमुख सरोजकुमार यादवले बताए । उनका अनुसार यस अवधिमा केन्द्रबाट भूराबाहेक हाल १८ मेट्रिक टन माछा उत्पादनको लक्ष्य लिइएको छ । हालसम्म तीन मेट्रिक टन माछा बिक्रीवितरण भइसकेको छ ।

विसं २०२४ मा हेटौँडा–५ पिप्लेमा वृहत्त मत्स्य विकास केन्द्रको स्थापना भइ २०२५ सालदेखि माछापालन सुरु गरिएको थियो । सो केन्द्र हेटौँडा बजारबाट पाँच किलोमिटर पूर्वमा पर्छ । हाल केन्द्रमा ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर