Aamsanchar

जरायोका दुईवटा सिङसहित ३ जना पक्राउ, २४ थान छाप पनि बरामद

Author Image
शुक्रवार, फागुन ४, २०८०

काठमाडौँ – जंगली जनावर ‘जरायो’का दुईवटा सिङसहित ३ जनालाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर–९ घर भएका २८ वर्षीय सलिश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र २९ वर्षका विवेक श्रेष्ठ छन् । आरोपितहरुको साथबाट सरकारी कार्यालय, संघसंस्था तथा व्यक्तिको नाम उल्लेख गरिएको २४ थान छाप बरामद गरिएको कास्कीका एसपी मोहन थापाले बताए । पोखरा महानगरपालिका–९ स्थित नयाँ बजारमा सञ्चालित पसल ‘ब्लु स्टार डेकोर’मा छापा मार्दा सो अवैध सामान फेला परेको हो । वडा प्रहरी कार्यालय बैदाम र लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय पोखराबाट खटिएको टोलीले पसलमा छापा मारेको थियो ।

आरोपीहरुविरुद्ध लिखत सम्बन्धी कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरी उपरिक्षक थापाले जानकारी दिए । जरायोको सिङसम्बन्धी अनुसन्धान गर्न उनीहरुलाई डिभिजन वन कार्यालय कास्कीमा पठाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर