Aamsanchar

कलाकारमाथि दुर्व्यवहार गरेको आराेप, बारे के भन्छन् कृष्ण कँडेल ?

Author Image
शुक्रवार, फागुन ४, २०८०

काठमाडौं – इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूले कुनै कलाकारमािथि शोषण र दुर्व्यवहार नगरेको बताएका छन्।

इन्द्रेणीबाट हटाइएका ६ जना कलाकारले आफूहरूलाई अन्यायमा पारिएको भन्दै कँडेलविरुद्ध पत्रकार सम्मेलन गरेपछि उनले पनि पत्रकार सम्मेलन गर्दै आफूमाथि लगाएका आरोपहरू मिथ्या रहेको बताएका हुन्।

शर्मिला श्रेष्ठले कँडेलले आफूलाई मात्र नभई वाद्यवादक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डनलाई पनि अन्याय गरेको बताएकी थिइन्।

श्रेष्ठले आफूलाई कँडेलले यौन हिंसा गरेको आरोपसमेत लगाएकी थिइन्। कँडेलले शर्मिलालाई ‘आफूले ह्यारेसमेन्ट गरेको भए अहिलेसम्म किन मौन बसेको भन्दै प्रश्न गरेका छन्।

‘शर्मिला बहिनी रुँदै ह्यारेस्मेन्ट गरेको कुरा गर्नुभएछ। बहिनीको रोइहाल्ने बानी हो’, उनले भने, ‘यदि मैले तपाईंलाई ह्यारेसमेन्ट गरेको थिएँ भने तीन वर्ष के हेर्नुभयो भन्नुस् त ? म विदेश जाँदा तपाईं एयरपोर्टमा आएर ‘भगवान दाइ’ भन्दै ढोग गर्नुभएको थियो ।’

आफूले गल्ती गरेको भए कानुनी बाटो समातेर जेल हाल्न कँडेलले अनुरोध गरे। आफूलाई प्राप्त सहयोगको सबै हरहिसाब स्पष्ट राखेको पनि उनले बताए।

‘मैले जुटाएको पैसाको हरेक हिसाब छ। सरकारी निकाय आएर हेर्न सक्नुहुन्छ’, उनले भने।

इन्द्रेणी के हो ? कसरी चलेको छ भन्ने विषय संस्थामा कार्यरत ३० भन्दा बढी कलाकार तथा कर्मचारी आबद्ध रहेको हुँदा उनीहरूसँग बुझ्दा पनि प्रष्ट हुने उनले बताए। ‘

मैले कसैको पनि श्रम तथा सम्मानमा चोट तथा शोषण गरेको छैन’, उनले भने।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर