Aamsanchar

नेपाल चिया उत्पादक संघको अध्यक्षमा पराजुली निर्वाचित

Author Image
शुक्रवार, फागुन ४, २०८०

बिर्तामोड । झापा भद्रपुरका युवा उद्योगी आदित्य पराजुली नेपाल चिया उत्पादक संघ केन्द्रीय समिति झापाको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
शुक्रबार भद्रपुरमा सम्पन्न संघको १५ औँ साधारणसभाबाट अध्यक्षमा पराजुली सर्वसम्मत निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा शिवकुमार गुप्ता, महासचिवमा शुक्रबहादुर दाहाल, सचिवमा सागर घिमिरे, कोषाध्यक्षमा प्रकाश उप्रेती सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत गोपाल गिरीले जानकार दिए ।
त्यस्तै, सदस्यहरूमा दिपेश ढकाल, राजेन्द्रकुमार सिंह, रमेश पराजुली, मनोज श्रेष्ठ, सुवास शाक्य र दीपक पाठक निर्वाचित भएका छन् ।

यसअघि भएको साधारणसभाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन महासचिव शिवकुमार गुप्ता र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विनयराज पोखरेलले प्रस्तुत गरेका थिए साधारणसभा संघका अध्यक्ष सुरेशकुमार अग्रवालको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर