Aamsanchar

मेयर कोइरालाद्वारा सामी कार्यक्रमअन्तर्गत वित्तीय साक्षरताको अनुगमन

Author Image
शुक्रवार, फागुन ४, २०८०

विराटनगर – विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामी कार्यक्रमअन्तर्गत वित्तीय साक्षरताको अनुगमन गर्नुभएको छ ।
विराटनगर वडा नम्बर ७ मा साकम्बरी वित्तीय साक्षरता कक्षाको मेयर कोइरालाले अनुगमन गर्नुभएको हो । महानगरपालिकासँगको सहकार्यमा सामी कार्यक्रमअन्तर्गत विराटनगर वडा नम्बर ४, ५, ७ र ९ नम्बरमा वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेको छ । हरेक वडामा वैदेशिक रोजगारी विप्रेषण प्राप्त गर्ने परिवारका २५ जना सदस्यहरु वित्तीय साक्षरतामा सहभागी भएका छन् । उनीहरुलाई ६ महिनासम्म वित्तीय साक्षरता तालिम दिइनेछ । जसमा वित्तीय व्यवस्थापन, मनोसामाजिक परामर्श, व्यावसायिक योजना, परिवार व्यवस्थापन, बालबालिकाको भविष्य, हिंसाबाट बच्ने उपाय, वैदेशिक रोजगारीमा रहेका परिवारलाई लाग्ने सामाजिक लाल्छनाबाट जोगिने जस्ता विषय समेटेर तालिम दिइने सामीका मोरङ जिल्ला कार्यक्रम संयोजक दीपक राउतले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा मेयर कोइरालाले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले महानगरपालिकाले पनि स्वरोजगारमूलक विभिन्न तालिम दिइरहेको बताउनुभयो । अनुगमनमा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेललगायतको सहभागिता रहेको थियो । उहाँहरुले पनि वैदेशिक रोजगारीबाट प्राप्त विप्रेक्षणलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनुभयो । सामी कार्यक्रम विराटनगर महानगरपालिकासहित मोरङका उर्लाबारी, रंगेली र कानेपोखरीमा पनि सञ्चालित छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर